PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

एमए पढेर पनि गाईपालनमा 'गोपी'



पहिलोपोस्ट

एमए पढेर पनि गाईपालनमा 'गोपी'

काठमाडौं :  चैत १५ मा रिलिज गर्ने भनिएको फिल्म 'गोपी'को प्रदर्शन मिति फेरिएको छ। अब भने माघ १८ मा फिल्म प्रदर्शनमा आउने भएको हो। दीपेन्द्र लामा निर्दशित फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तलगायतको अभिनय छ।

पोस्ट प्रोडक्सनको काम चाँडै सकिएपछि माघ १८ मा फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको निर्देशक लामाले बताए। पहिलो फिल्म 'घामपानी'ले जस्तै 'गोपी'ले दर्शकलाई सन्तुष्ट बनाउने लामाको दावी छ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको 'गोपी'का कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमेल्सिनाले जनाए।

फिल्मको छायाँकन काठमाडौंको टोखा क्षेत्रमा गरिएको हो। फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell