PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु



पहिलोपोस्ट

सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु
प्रतीकात्मक तस्विर

सोलुखुम्बुः खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक विदेशी पर्यटकको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ।

मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए।

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो। गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए। मृत्युको कारण भने खुल्न सकेको छैन।

आइतबार मात्र सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएको थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell