PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

भारतीय लहरीको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

भारतीय लहरीको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

उर्लाबारीः मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गएराति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

लहरी चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell