PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

इटालीमा बहुचर्चित बलिउड बिहे : बेहुला बेहुली बनेका रणवीर र दीपिकाको फोटोको तीब्र प्रतीक्षा



पहिलोपोस्ट

इटालीमा बहुचर्चित बलिउड बिहे : बेहुला बेहुली बनेका रणवीर र दीपिकाको फोटोको तीब्र प्रतीक्षा

बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोणले आज इटालीको लेक कोमोमा विवाह गरेका छन्। छ वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा आज रुपान्तरण गर्दा सिंगो बलिउड र उनीहरुका विश्वव्यापी फ्यानहरुको ध्यान खिचिएको छ। उनीहरुको आज कोन्कानी रिति अनुसार इटालीको भिल्ला डेल बालबिनेलोमा विवाह भएको हो। विवाह कार्यक्रम दुई दिनसम्म रहने द हिन्दुस्तान टाइम्समा उल्लेख छ। बिहीवार भने उनीहरुले शिख  परम्पारा अनुसार विवाह गर्नेछन्।

विवाहमा नजिकका आफन्त र परिवारलाई बोलाइएको छ। फिल्मकर्मीका तर्फबाट  संजयलीला भन्साली र फराहा खान विवाहमा उपस्थित छन्। विवाह कार्यक्रममा आमान्त्रितलाई मोबाइल एवं भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ। त्यसैले बिहे भइसक्दा पनि उनीहरुको फोटो सार्वजनिक भएको छैन।

दीपिका र रणवीरले सबैलाई सामाजिक सञ्जालमा फोटो नराख्न र टुइट समेत नगर्न आग्राह गरेका छन्। भारतीय मिडिया पुरानै तस्वीरमा चित्त बुझाउन बाध्य छन्। यद्यपि उनीहरुको पुरानो फोटो जोडेर बिहेको 'लाइभ कभरेज' भने जारी छ। सामाजिक सञ्जाल मार्फत् दुवैलाई शुभ कामना दिनेको ओइरो छ। करण जोहरले पनि टुइट लेख्दै उनीहरुलाई शुभ कामना दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell