PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सोनी टिभी घुसमा लिएका डिएसपी राईविरुद्ध विशेष अदालतमा मुद्दा



पहिलोपोस्ट

सोनी टिभी घुसमा लिएका डिएसपी राईविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं : घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध विषेश अदालतमा मुद्दा  दायर भएको छ।

डिएसपी राईविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो एक लाख चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी सहित मुद्धा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

राईले केही समय सेवाग्राहीसँग घुसको रुपमा सोनी टीभी खरिद गरी ल्याइदिन लगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ। 

आयोगको टोलीले राईको साथबाट घुस वापत लिएको १ लाख ४० हजार रुपैयाँ समेत फेला पारेको आयोगका सहसचिव दंगालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell