PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

नवलपरासीको कावासोतीमा बस दुर्घटनाः १६ जना घाइते, चारको अवस्था गम्भीर



पहिलोपोस्ट

नवलपरासीको कावासोतीमा बस दुर्घटनाः १६ जना घाइते, चारको अवस्था गम्भीर

कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell