PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा!



पहिलोपोस्ट

प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा!

काठमाडौँः प्रहरीलाई घुस दिन सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कागजात माग्दा कागजात नदेखाई घुस दिएको भन्दै चालकलाई नियन्त्रणमा लिइएको हो। 

बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकैबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका चालक २१ वर्षीय जितबहादुर तामाङ र सहचालक १९ वर्षीय सुजन घलेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।

उनीहरुले डिउटीमा खटिएका प्रहरीले सवारी चेक गर्ने कागजातहरु माग गर्दा कागजपत्र नदेखाई प्रहरीलाई एक हजार घुस दिन खोजेको प्रहरीको दाबी छ। उनीहरु बा २ ख ८१२९ नम्बरको निशान गाडीको चालक र सहचालक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell