PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बाहिरियो रणवीर र दीपिकाको विवाहको तस्विर



पहिलोपोस्ट

बाहिरियो रणवीर र दीपिकाको विवाहको तस्विर

बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोण आज शिख परम्पारा अनुसार विवाह गर्नेछन्। इटालीको लेक कोमोमा उनीहरुले कोन्कानी रिति अनुसार विहे गरिसके। अहिले उनीहरुका विवाहका तस्वीर सार्वजनिक भएका छन्।

आमन्त्रितलाई मोबाइल एवं भिडियो खिच्न प्रतिबन्ध लगाइएपछि तस्वीर बाहिरिएको थिएन। तर भारतीय मिडिया अहिले उनीहरुकै विवाहका तस्वीरले भरिएका छन्। यद्यपि सार्वजनिक भएका तस्वीरमा दीपिका र रणवीरलाई ठम्याउन गाह्रो हुन्छ।

छ वर्षदेखिको प्रेम सम्बन्ध रहेका रणवीर र दीपिकाले एकसाथ तीन फिल्म गरेका छन्। उनीहरु अहिले इटालीको भिल्ला डेल बालबिनेलोमा छन्।






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell