PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुएलेन भइन् नवौं चाइल्ड आइकन



पहिलोपोस्ट

सुएलेन भइन् नवौं चाइल्ड आइकन

काठमाडौं : नवौं चाइल्ड आइकनको उपाधि सुएलेन फगामी पुनले जितेकी छिन्। युरो स्कुलमा अध्ययनरत उनले उपाधिसँगै १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अवसर जितिन्।   

राष्ट्रिय मिडिया ल्याण्डले आयोजना गरेको प्रतियोगितामा ठूलोतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्ट रनर अप भइन्। त्यस्तै सेकेण्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हाँसिल गरिन् ।

प्रतियोगितामा सानोतर्फ आर्जन गेलाल फस्ट रनर अप भए। यस्तै सेकेण्ड रनर अपमा आयुशीश्री घिमिरेले भइन्। फस्ट रनर अप र सेकेन्ड रनरअपका बिजेताहरुले उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर पाए।  प्रतियोगितामा ८२ जना प्रतियोगि थिए।

प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक बिष्ट, सशस्त्रप्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकार गजित बिष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, व्युटिसिएन सिता पाठक, शोभा महर्जन रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell