PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

इपीएललाई आइसीसीको मान्यता



पहिलोपोस्ट

इपीएललाई आइसीसीको मान्यता

काठमाडौँ : आगामी मङ्सिर २२ देखि पुष ७ गते (डिसेम्बर ८ देखि २२) सम्म हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले मान्यता दिएको छ।

इपीएलको आयोजकले बिहीवारर प्रेस विज्ञप्ती जारि गर्दै प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जानकारी दिएको हो।

आयोजकले त्यसका लागि २० हजार अमेरिकी डलर र आवश्यक डकुमेन्टहरु पठाएपछि आइसीसीले इपीएललाई आइसीसीको मान्यतासहितको पत्र पठाएको हो।

अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रुपैयाँ २७ लाख ५० हजार हुनेछ। नेपाल राष्ट्र बैँकमार्फत उक्त रकम पठाएको विज्ञप्तीमा उल्लेख छ।

'नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसीसीले इपीएललाई मान्यता प्रदान गरेको छ। किनकी यस लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा छ।' आइसीसीका क्लिभ हिटचोकको भनाई विज्ञप्तीमा उल्लेख छ।

'यो इपीएलको लागि मात्र नभएर नेपालको फ्यानहरुको लागि समेत खुशीको विषय हो। आइसीसीको समर्थनपछि इपीएलले अझै नयाँ उचाई प्राप्त गर्नेछ।' इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले भनेका छन्।

आयोजकले पठाएको उक्त रकम आइसीसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने जनाएको पनि विज्ञप्तीमा जनाइएको छ।

आइसीसीले इपीएललाई मान्यता दिएको विषयमा जानकारीसहितको पत्र आफ्नो मातहतमा रहेको सदस्य राष्ट्रहरुलाई समेत पठाएको इपीएल आयोजकले जनाएको छ।

आयोजकले इपीएलको लागि भब्य तयारी गरिरहेको छ।

अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसीसीको निल्मवनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसीसीको मान्यता लिनपर्नेछ।

गत वर्षदेखि इपीएलले आइसीसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो। यस्तै आइसीसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ।

इपीएलमा नेपालको विभिन्न ६ सहरको नामबाट ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। गत संस्करणदेखि एक टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने निर्णय गरेको थियो।

यस पटक विश्व क्रिकेटका ठूला नामहरु समेत कीर्तिपुरको टीयू मैदानमा देखिने पक्का छ। जिम्बावेको सिकन्दर राजा, आयरल्याण्डका केभिन ओ'ब्रयान, युएईका रोहन मुस्ताफा र मोहम्मद नाभिद, हङकङका बाबर हायत, स्कटल्याण्डका केल कोत्जर, इंग्ल्याण्ड यू-१९ का जोन सिम्सन जस्ता खेलाडीहरुले यस पटक इपीएल खेल्नेछन्।

इपीएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किग्स-११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell