PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

लेब्रोन जेम्स बने एनबीएको पाँचौ सर्वाधिक स्कोरर



पहिलोपोस्ट

लेब्रोन जेम्स बने एनबीएको पाँचौ सर्वाधिक स्कोरर

लेब्रोन जेम्स नर्थ अमेरिकाकाको मेन्स प्रोफेसनल बास्केटबल लिग, नेशनल बास्केटबल एसोसिएसन (एनबीए) मा सर्वाधिक अंक स्कोर गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लेका छन्।

उनले विल्ट चेम्बरलाइनलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेका हुन्।

लस एन्जल्स लेकर्सले पोर्टल्याण्ड ट्रेलब्लेजरलाई १२६-११७ को स्कोरमा हराउने क्रममा जेम्सले उक्त उपलब्धी हात पारेका हुन्। फोर्थ क्वाटरको अन्त्यतिर फ्रि थ्रो मार्फत स्कोर गर्दै जेम्सले चेम्बरलाईनलाई पछि पारे।

लेकर्सका लागि ४४ अंक स्कोर गरेका जेम्सले अहिलेसम्म कूल ३१ हजार ४२५ अंक स्कोर गरिरसकेका छन्।

विल्ट चेम्बरलेनले एनबीएमा ३१ हजार ४१९ अंक बनाएका थिए।

एनबीएको इतिहासमा अहिलेसम्म सर्वाधिक अंक बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्, करिम अब्दुल जब्बर हुन्। उनले एक हजार ५६० खेल खेल्दै कूल ३६ हजार ९२८ अंक स्कोर गरेका थिए।

यस्तै कार्ल मालोन ३६ हजार ९२८ अंकका साथ खोस्रो स्थानमा छन् भने कोब ब्रायन्ट ३३ हजार ६४३ अंक स्कोर गर्दै तेस्रो स्थानमा छन्।

बास्केटबलका महान खेलाडी मानिने माइकल जोर्डन ३२ हजार २९२ अंक स्कोर गर्दै सूचीमा चौथो स्थानमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell