PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

वायन रुनीको 'फेयरवेल म्याच'मा इंग्ल्याण्ड विजयी



पहिलोपोस्ट

वायन रुनीको 'फेयरवेल म्याच'मा इंग्ल्याण्ड विजयी

कीर्तिमानी गोलकर्ता वायन रुनीले राष्ट्रको लागि खेलेको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी भएको छ। गएराती भएको रुनीको फेयरवेल म्यामा इंग्ल्याण्डले अमेरिकालाई ३-० ले हरायो।

लण्डनस्थित वेम्ले मैदानमा भएको खेलको दोस्रो हाफमा रुनी मैदान प्रवेश गरेका थिए। ५८औँ मिनेटमा जेस लिनगार्डको स्थानमा मैदान छिर्दा रुनीले १० नम्बरको चर्चित जर्सी लागएका थिए। यस्तै कप्तानको आर्मब्याण्ड पनि रुनीले नै लगाए। त्यतिबेलासम्म फाबियन डेल्फले कप्तानी गरेका थिए।


गत वर्ष नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका रुनी केही दिनका लागि सन्यासबाट फिर्ता भएर इंग्ल्याण्डका लागि अन्तिम खेल खेलेका हुन्। यस खेलबाट वायन रुनी फाउण्डेसनका लागि पैसा समेत उठाइनेछ।

खेलअघि रुनीलाई स्पेशियल ट्रफी प्रदान गरिएको थियो।

अमेरिका विरुद्धको खेल रुनीले इंग्लयाण्डका लागि खेलेको १२०औँ खेल हो। उनले थ्री लायन्सका लागि सर्वाधिक ५३ गोल गरेका छन्।

रुनीको बिदालई खेललाई सुदख बनाउन जेस लिनगार्ड, ६्रेन्ट अलेक्जान्डर आर्नोल्ड र कलुम विलसनले गोल गरे। विलसनले डेब्यु खेलमै गोल गरेका हुन्। विलसनसँगै जाडोन सान्चो र लेविस डकले यसै खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell