PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

'साँइली' गीतमा बनेको फिल्मको पोस्टरमा मेनुका



पहिलोपोस्ट

'साँइली' गीतमा बनेको फिल्मको पोस्टरमा मेनुका

काठमाडौं: हेमन्त राणाको चर्चित गीत 'साँइली'को नाम सापटी लिएर बनेको फिल्म 'साँइली'को पोस्टर सार्वजनिक भएको छ। फिल्मकी मुख्य अभिनेत्री मेनुका प्रधान पोस्टरमा फिचर्ड छिन्।

उनले यसअघि 'साँइली' बोलको गीतमा पनि अभिनय गरेकी थिइन्। गीतबाट मेनुकासँगै गौरव पाहारीलाई दर्शकले रुचाएका थिए। गौरवलाई आज पनि कत्तिले साँइला भनेर सम्बोधन गर्छन्। फिल्मको पोस्टरमा साँइला भने अटाएका छैनन्।

पोस्टरले फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। रामबाबु गुरुङ निर्देशित फिल्म आगामी चैत्र १५ गतेदेखि प्रदर्शनमा आउनेछ। सबैले रुचाएको गीतको एक लाइन 'चालीस कटेसी रमाउँला' पनि पोस्टरमा उल्लेख छ।

फिल्ममा मेनुका र गौरवसँगै दया हाङ राई, केनिपा सिंह, माओत्से गुरुङलयागतको अभिनय छ। फिल्म जिएच इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell