PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

इजरायलबाट राजदूत निरञ्जन थापा फिर्ता बोलाउँदा राप्रपा नेपालको आपत्ती



पहिलोपोस्ट

इजरायलबाट राजदूत निरञ्जन थापा फिर्ता बोलाउँदा राप्रपा नेपालको आपत्ती

काठमाडौं : सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आपत्ती प्रकट गरेको छ।

थापालाई फिर्ता बोलाउँदै सरकारले डा. अञ्जान शाक्यलाई राजदूत बनाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो।  
 
'नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ,' निर्णयप्रति आपत्ती जनाउँदै राप्रपा नेपालले जारी गरे्को वक्तव्यमा भनिएको छ, 'लामो राजनीतिक र कुटनीतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन। बिना मापदण्ड राजदूत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने प्रष्ट छ। सरकारको दम्भपूर्ण यो निर्णयको राप्रपा विरोध गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell