PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोलम्बो प्रोसेसको बैठक सकियो



पहिलोपोस्ट

कोलम्बो प्रोसेसको बैठक सकियो

काठमाडौं : आप्रवासी कामदार निर्यात गर्ने देशहरुको समूह ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठक सम्पन्न भएको छ। 

दक्षिण तथा दक्षिणपूर्वी एसियाका १२ मुलुकहरु सदस्य रहेको कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए। बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको भए पनि उनी कार्यक्रममा सहभागी भएनन्। 

बिहीवारदेखि सुरु बैठकको दोस्रो दिन मन्त्रीस्तरीय बैठक भएको हो। बैठकले बिहीवार सम्पन्न उच्च अधिकारीस्तरीय बैठकका निर्णयलाई अंगिकार गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको अधिकार तथा सुरक्षाको विषयमा छलफल गरेको हो।

बैठकको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सहभागी थिए। त्यस्तै सदस्य देशहरुबाट मन्त्रीहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell