PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, १७ जना घाइते



एम बम

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, १७ जना घाइते

कैलाली : डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीले जनाएको छ। 

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका – २ का २७ वर्षीय धर्म सिंह मडैं र – ३ का गाडी साहु ४५ वर्षीय दीपेन्द्र शाही रहेको छन्। दुर्घटनामा १७ जना घाइते भएका छन्। 

घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जिप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell