PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पूर्व युवराज्ञी हिमानी बसिन् आर्यताराको व्रत, नदीमा पूजा विसर्जन गरी प्रसाद ग्रहण



पहिलोपोस्ट

पूर्व युवराज्ञी हिमानी बसिन् आर्यताराको व्रत, नदीमा पूजा विसर्जन गरी प्रसाद ग्रहण

काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह आज बौद्ध धर्मावलम्बीहरुको एउटा कार्यक्रममा सहभागी भएकी छिन्। 

 सानेपा ज्ञानमाला भजन संघको आयोजनामा भएको कार्यक्रममा शनिबार राजतीर्थमा हिमानीले  आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै नदीमा पूजा विर्सजन गरी प्रसाद ग्रहण गरेकी थिइन्। 

बिहान ८ बजे राजतीर्थमा आर्यताराको ठूलो मण्डला पुजा गरेर सुरु भएको कार्यक्रममा साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा व्रत बसिएको थियो। साढे १० बजेदेखि साढे ११ बजेसम्म धर्मदेशना भएको थियो। 

मध्याह्न पौने १२ बजे हिमानीले नदीमा विसर्जन र प्रसाद ग्रहण गरेकी थिइन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell