PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

विक्रम बरालको स्वर फिल्म ‘प्रसाद’को तेस्रो गीतमा



पहिलोपोस्ट

विक्रम बरालको स्वर फिल्म ‘प्रसाद’को तेस्रो गीतमा

फिल्म ‘प्रसाद’को गीतमा नेपाल आइडल प्रतिस्पर्धी विक्रम बरालले स्वर दिने भएका छन्। यसअघि फिल्मका दुई गीत सार्वजनिक छन्। तेस्रो गीत उनले गाउने बारे फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिएका हुन्। पोखराका बराल नेपाल आइडल उत्कृष्ट सातमा परेका छन्।

फिल्ममा रहने पार्श्व गीतमा सुवास भुषालले संगीत दिनेछन्। भुषालले यसअघि फिल्मकै ‘लै लै’ बोलको गीतमा पनि संगीत दिएका छन्। शब्द भने निर्देशक दिनेश राउत एवं टिमले लेखेको जानकारी दिए।

भने,’नेपाल आइडल अडिसन राउन्डदेखि विक्रम मलाई मन परेका गायक हुन्। हाम्रो गीतमा पनि मिल्दो आवाज भएकाले उनलाई रोज्यौं।‘

राउतले विक्रमलाई प्रोफेसनल गायक सरह पारिश्रमिक दिने बताए। जसका लागि फिल्म युनिट र विक्रमको सहमती भइसकेको छ। 

फिल्म प्रसाद र नेपाल आइडलले समन्वयमा काम गरिरहेका छन्।

सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद रहेका छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको निर्देशक राउतले बताए। फिल्म आगामी मंसिर २१ देखी प्रदर्शनमा आउँदैछ।

मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell