PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

नेशन्स लिग : पुनरागमन जितपछि इंग्ल्याण्ड सेमिफाइनलमा, अग्रता जोगाउन नसक्दा क्रोएसिया रेलिगेट



पहिलोपोस्ट

नेशन्स लिग : पुनरागमन जितपछि इंग्ल्याण्ड सेमिफाइनलमा, अग्रता जोगाउन नसक्दा क्रोएसिया रेलिगेट

कप्तान ह्यारी केनको प्रेरणादायी प्रदर्शनमा इंग्ल्याण्ड लिग ए अन्तर्गत समूह डी को विजेता बन्दै युइएफए नेशन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलअघि स्पेन चार खेलबाट ६ अंकसहित शीर्ष स्थानमा थियो भने इंग्ल्याण्ड र क्रोएसियाको समान ४ अंक थियो। यस खेलमा सप्ष्ट जित हात पार्ने टिम समूह विजेता बन्दै सेमिफाइनल पुग्ने पक्का थियो भने बराबरीले स्पेन समूह विजेता बन्ने थियो।

घरेलु मैदानमा इंग्ल्याण्डले उत्कृष्ट पुनरागमन गर्दा कप्तान केनले उत्कृष्ट प्रदर्शन गरे। खेल सकिन पाँच मिनेटअघि विजयी गोल गरेका केनले बराबरी गोलका लागि समेत सहयोग गरेका थिए।

थ्री लायन्सले अन्तिम १२ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हव। ५७औँ मिनेटमा आन्द्रे क्रमारिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। उक्त अग्रता लामो समय टिकेन।

प्रशिक्षक गारेथ साउथगेटले फाबियन डेल्फ र मार्कोस रासपोर्डको स्थानमा जेस लिनगार्ड र जोडन सान्चोलाई ७३औ मिनेटमा मैदान छिराएपछि इंग्ल्याण्डले गोलका लागि मुभ बनायो। त्यसैको नतिजास्वरुप ७८औँ मिनेटमा केनको पासमा लिनगार्डले बराबरी गोल गरे। ८५औा मिनेटमा केनले चिलवालको पासमा गोल गर्दै इंग्ल्याण्डलाई पुनरागमन जित दिलाए।

इंग्ल्याण्ड चार खेलबाट ७ अंक जोड्दै समूह डी को विजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्दा विश्वकप उपविजेता क्रोएसिया भने लिग बी मा रेलिगेट भएको छ।

यसअघि नै लिग सी को विजेता बन्दै पोर्चुगलले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell