PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा तीन जना सिफारिस, को को भए सिफारिस?



पहिलोपोस्ट

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा तीन जना सिफारिस, को को भए सिफारिस?
फाइल फोटो

काठमाडौँः त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिस गरिएको छ।

अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो कार्यकाल समाप्त भई पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो। निर्देशक छनोट समितिको आइतबार बसेको बैठकले प्रा डा प्रेम खड्का, प्रा डा वाइपी सिंह र प्रा डा सुशील शिल्पकारको नाम सिफारिस गरेको बताइएको छ।

त्रिविवि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदिश अग्रवाल संयोजक रहेको निर्देशक सिफारिस समिति गठन भएको थियो। सो समितिमा प्रा डा प्रदीप ज्ञवाली र प्रा डा अभिमन्यु झा रहेका छन्। त्रिविवि कार्यकारी बैठकले सिफारिसमध्ये एक जनालाई चयन गर्ने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell