PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान बनाउने प्रचण्डको घोषणा



पहिलोपोस्ट

प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान बनाउने प्रचण्डको घोषणा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको सम्झनामा स्मृति प्रतिष्ठान बनाई समाजोपयोगी काम गर्ने बताएका छन्।

प्रकाश दाहालको पहिलो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश र ज्ञानु स्मृति प्रतिष्ठान स्थापना गर्ने सोच रहेको बताए। प्रचण्डकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै मृत्यु भइसकेको हो। उनीहरुको रुची भएको विषय शिक्षा, स्वास्थ्य तथा अनुसन्धान लगायतमा प्रतिष्ठानले काम गर्ने प्रचण्डले बताए। 

प्रतिष्ठानबारे कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको जानकारी पनि उनले दिए।

प्रकाशको सम्झनामा स्मारिका प्रकाशित भएको र त्यसमा प्रकाशबारे जानकारी दिन खोजिएको पनि प्रचण्डले बताए। 

सबैको सहयोग र सद्भावले आफ्नो परिवार विघटन नभएको प्रचण्डले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell