PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सर्‍यो 'दि कर्मा'को रिलिज मिति



पहिलोपोस्ट

सर्‍यो 'दि कर्मा'को रिलिज मिति

काठमाडौं: फिल्म 'दि कर्मा'को प्रदर्शन मिति सरेर माघमा पुगेको छ। मंसिर ७ मा प्रदर्शन गर्ने भनिएको  फिल्म माघ ४ लाई सरेको हो। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो।

 फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय छ। करणसँगै नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell