PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

जिल्ला अदालतबाट जवाफ नआउँदा फेरि सर्‍यो सिके राउतको सुनुवाई



पहिलोपोस्ट

जिल्ला अदालतबाट जवाफ नआउँदा फेरि सर्‍यो सिके राउतको सुनुवाई

काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई फेरि सरेको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मंसिर १० गतेका लागि मुद्दाको अर्को पेशी तोकेको छ। 

राउतका दाजु जयकान्तले कात्तिक ११ गते गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए। विपक्षी रौतहट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय रौतहटबाट लिखित जवाफ नआएको भन्दै मुद्दा सारिएको आदेशमा उल्लेख छ। 

यसअघि जिल्ला अदालतमा सूचना नै नपुगेको कारण मुद्दा आजका लागि सारिएको थियो। 

राउतका दाजु जयकान्त राउतले गत कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

'…निजहरुको लिखित जवाफ परेको नदेखिएको र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५५ बमोजिम थाम्ने थमाउने म्याद बाँकी रहेको देखिएकाले' नयाँ पेशी तोकिएको आदेशमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell