PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कर्णाली प्रदेशको योजना आयोगले पायो पूर्णता, उपाध्यक्षमा रेग्मी, सदस्यमा रोकाय र शाही नियुक्त



पहिलोपोस्ट

कर्णाली प्रदेशको योजना आयोगले पायो पूर्णता, उपाध्यक्षमा रेग्मी, सदस्यमा रोकाय र शाही नियुक्त

सुर्खेतः कर्णाली प्रदेशले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मीलाई नियुक्त गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई पूर्णता दिएको हो। बैठकले उपाध्यक्ष र सदस्यको टुङ्गो लगाएको हो।

सदस्यहरूमा डा. दीपेन्द्र रोकाय र योगेन्द्र शाहीलाई मनोनीत गरिएको छ।

उपाध्यक्षको जिम्मेवारी पाएका रेग्मी दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन नमुना माविबाट वि.सं. २०३३ सालमा एसएलसी पास गरेका हुन्। नेपालगञ्जबाट आइए अध्ययन गरेका उनले थाइल्याण्डबाट विद्यावारिधि गरेका हुन्।

उनले कृषि तथा पशु विश्वविद्यालय रामपुर चितवनमा २०४८ सालमा अध्यापन गरेका थिए।

उनले यसअघि यूवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष र अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन्।

यस्तै, राष्ट्रिय युवा नीति कार्यदलका संयोजकको भूमिका निर्वाह गरेका शाही विश्व युवा परिषद्को उपाध्यक्ष भइसकेका छन्।

सदस्यमा मनोनीत भएका रोकाय ग्रामीण विकासका क्षेत्रमा ज्ञान राख्छन्। उनी लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell