PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पोस्टरमा सलोन, सारा र बिनोद



पहिलोपोस्ट

पोस्टरमा सलोन, सारा र बिनोद

काठमाडौं: फिल्म 'सुश्री सम्पति' प्रदर्शनको तयारीमा छ। मंसिर २८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको पोस्टर पनि सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका तीन पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्।

फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ। फिल्मलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतको अभिनय छ।

 फिल्ममा प्रियंका कार्कीको अतिथि भुमिका छ। फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्। फिल्म रोमान्टिक कमेडी जनरामा बनेको निर्देशक आचार्यले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell