PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

कलंकी - नागढुंगा सडक बनाउन बिजुलीको पोल सारिँदै, भरेसम्म बल्दैन बत्ती



रासस

कलंकी - नागढुंगा सडक बनाउन बिजुलीको पोल सारिँदै, भरेसम्म बल्दैन बत्ती
फाइल फोटो

काठमाडौँ : सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलंकी–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ।  

सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुनेछ । 

यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell