PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

विपिन कार्की 'भस्मे डन' को खुट्टा फ्याक्चर, के भएको थियो उनलाई?



पहिलोपोस्ट

विपिन कार्की 'भस्मे डन' को खुट्टा फ्याक्चर, के भएको थियो उनलाई?

काठमाडौं : अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन्। 'जात्रै जात्रा'को छायाँकनका लागि बालाजु जाने क्रममा कालीमाटीमा उनी दुर्घटनामा परेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए।

विपरीत दिशाबाट आएको बाइकले उनको बाइकलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्। अहिले उनको वयोधा अस्पतालमा उपचार भइरहेको छ। निर्देशक भट्टराईले विपिनको खुट्टामा चोट पुगेको बताए। 'उहाँको खुट्टामा फ्याक्चर देखिएको छ,' उनले भने 'अप्रेसन नै गर्नुपर्छ कि डाक्टरले केही भनेको छैन अहिलेसम्म। आराम कति दिन गर्नुपर्छ त्यो पनि भनेको छैन।' 

 फिल्मको छायाँकन आजलाई स्थगित गरिएको छ। उनका फ्यान विपिन 'भस्मे डन'को सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell