PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

रणवीर सिंहसँग विहे गर्नुअघि दीपिकाले मेटिन् रणवीर कपुरको ट्याटु



पहिलोपोस्ट

रणवीर सिंहसँग विहे गर्नुअघि दीपिकाले मेटिन् रणवीर कपुरको ट्याटु

अभिनेत्री दीपिका पादुकोण रणवीर सिंह भन्दा अगाडि रणवीर कपुरसँग प्रेम सम्बन्धमा थिइन्। उनले घाँटीमा रणवीर कपुरको नामको ट्याटु पनि बनाएकी  थिइन्। त्यस लगतै रणवीरले कट्रीना कैफसँग अफेर थालेपछि उनीहरुको ब्रेकअप भएको थियो।

दीपिकालाई ब्रेकअपको पीडाबाट सामान्य बन्न समय लाग्यो। रणवीर कपुरसँग ब्रेकअप भएपछि उनी रणवीर सिंहसँग प्रेममा परिन्। हालै उनीहरुको विवाह पनि भयो। उनले विवाहअघि रणवीर कपुरको नामको ट्याटु हटाएकी छिन्।

पुर्वप्रेमी कपुर र सिंहका नाम एउटै भएपछि दीपिकाले ट्याटु मेट्न नपर्ने चर्चा चलेको थियो। तर उनले ट्याटु मेटेकी छिन्।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell