PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नेपालले चाइनिज सुपर लिग क्लब गोन्झाउ आर एण्ड एफसँग मैत्रीपूर्ण फुटबल खेल्ने



पहिलोपोस्ट

नेपालले चाइनिज सुपर लिग क्लब गोन्झाउ आर एण्ड एफसँग मैत्रीपूर्ण फुटबल खेल्ने
PHOTO : ANFA

काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

आगामी जनवरीमा नेपालको पुरुष टोलीले चाइनिज सुपर लिग खेल्ने क्लब गोन्झाउ आर एण्ड एफसँग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाको अनुसार उक्त खेल नेपालमै हुनेछ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त खेलको मिती भने घोषणा भएको छैन।

चिनिया क्लबका हेड अफ कम्पिटिसन डिपार्टमेन्ट यान कि, टिम म्यानेजर युयन जुन र इन्ट्रेगेटेड अपरेसन डिपार्टमेन्टका लियन याजिङले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत पदाधिकारीसँग भेटेर उक्त खेलको बारेमा छलफल गरेका थिए।

चिनिया क्लबका प्रतिनिधिहरुले खेलस्थल एन्फा कम्प्लेक्सको निरिक्षण समेत गरेका थिए।

गोन्झाउ सन् २०१४ मा चिनिया सुपर लिगमा तेस्रो भएको थियो। यस वर्ष भने क्लबले दशौँ स्थानमा रहेर लिग सकाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell