PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नवलपरासीमा बस दुर्घटनाः दुईको मृत्यु, ३९ जना घाइते



पहिलोपोस्ट

नवलपरासीमा बस दुर्घटनाः दुईको मृत्यु, ३९ जना घाइते

परासीः नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १३ सूर्यबस्तीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गएराति करिब २ बजे महेन्द्रनगरबाट काँकडभित्तातर्फ जाँदै गरेको ना ५ ख १०९६ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको हो।दुर्घटनामा ३९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा श्री रणसादल गण गाइघाट उदयपुरमा कार्यरत नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। अन्य एकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका ३९ जनाको नवलपरासी र बुटवलमा उपचार भइरहेको छ। बस सडकबाट करिब ६० मिटर तल खोलामा खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell