PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

८१ हजार रुपैयाँ नगदसहित चार जुवाडे पक्राउ



पहिलोपोस्ट

८१ हजार रुपैयाँ नगदसहित चार जुवाडे पक्राउ

दमौलीः प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन्। मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए।

उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ। पक्राउ परेका सबै जनाविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell