PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

फोरम विवाद : कालो दिवस मनाउँदा रेणुको गुम्यो प्रदेश संयोजक पद, उपाध्यक्षबाट पनि राजीनामा



बीपी साह

फोरम विवाद : कालो दिवस मनाउँदा रेणुको गुम्यो प्रदेश संयोजक पद, उपाध्यक्षबाट पनि राजीनामा

काठमाडौं: सत्तारुढ संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकमा विवाद भएपछि उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छिन्।

मंसिर २ गतेदेखि जारी पदाधिकारी बैठकमा पार्टीका उपमहासचिव प्रकाश अधिकारी र महासचिव रामसहायप्रसाद यादवले प्रदेश नम्बर २ को संयोजक र इन्जार्च पदबाट रेणु यादवलाई हटाउने प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन्।

असोज ३ गते पार्टीको केन्द्रको निर्णय निर्णय विपरीत प्रदेश २ मा कालो दिवस मनाएको आरोप रेणु यादवमाथि लगाइएको छ। प्रदेश २ मा कालो दिवस मनाउँदा पार्टीको छवि खराब भएको भन्दै संयोजक पदबाट हटाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ।

फोरम स्रोतका अनुसार बैठकमा प्रस्ताव आएपछि यादवले पार्टीको केन्द्रीय उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छिन्। उनले राजीनामा पत्र पदाधिकारी बैठकमा आज बुझाएकी छिन्।

यादवले राजीनामा पत्र बुझाएपछि पदाधिकारी बैठक आजका लागि स्थगित गरिएको छ।

स्रोतका अनुसार प्रदेश २ को संयोजकबाट रेणु यादवलाई हटाएर कोषाध्यक्ष एवं प्रदेश २ का मन्त्री विजय यादवलाई बनाउने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell