PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने



पहिलोपोस्ट

इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने
photo : https://www.skysports.com

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि पोखरा राइनोजले स्कटल्याण्डका केल कोत्जरलाई अनुबन्ध गरेको छ।

इपीएलमा एक टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियमअनुसार राइनोजले स्कटिस कप्तान कोत्जरलाई टिममा भित्र्याएको हो।

राइनोजले यसअघि नै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई अनुबन्ध गरिसकेको छ।

कोत्जरको अनुबन्धले राइनोजको टिमलाई अझ बलियो बनाउने क्लबले जनाएको छ

राइनोजसँग अनुबन्ध भएपछि कोत्जरले नेपाली दर्शकको  सामु खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। 

गत मार्चमा जिम्मवावेमा भएको वर्ल्ड कप क्वालिफायरमा नेपाल र स्कटल्याण्डबीचको खेल प्रतिस्पर्धात्मक भएदेखि नै नेपालमा नेपाली खेलाडीसँग खेल्ने चाह रहेको उनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell