PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विपिन कार्की : 'फिल्महरुमा हरि आजसम्मकै उत्कृष्ट'



पहिलोपोस्ट

विपिन कार्की : 'फिल्महरुमा हरि आजसम्मकै उत्कृष्ट'

काठमाडौं : अभिनेता विपिन कार्कीले हरेक फिल्मको क्यारेक्टरमा कायम राख्ने भर्सट्यालिटीका कारण चर्चित छन्। फिल्म छड्केमा विन्दु माझी, पशुपतीप्रसादमा भष्मे डन, फिल्म जात्रामा फणीन्द्र, कालो पोथीमा जड्याहा, हरिमा एकै फिल्ममा चार चरित्र निभाएका छन्।

'छड्के'मा गरेको अभिनयले उनलाई फिल्मकर्मीको आँखामा पार्‍यो। दर्शक माझ भने 'पशुपतिप्रसाद'को 'भस्मे डन'को भुमिका गरेपछि चर्चामा आए। 

पछिल्लो समय उनी फिल्म 'हरि'मा देखिएका थिए। अब उनी फिल्म 'प्रसाद'मा पनि देखिँदैछन्। उनी आफ्नो भुमिकाका लागि मिहेनत गर्ने कलाकारमा पर्छन्। हरेक फिल्ममा उनी फरक अवतारमा फिट देखिन्छन्। आफूले गरेका फिल्महरुमध्य सन्तुष्ट चाहिं 'हरि' गरेर छन्।  उनले हरि आफुले रोजेको कथा भएको बताए। भने,'हरिजस्तव फिल्मले पैसा नकमाएपनि पटकपटक खेल्छु। त्यो मैले आफ्नो लागि खेलेको फिल्म हो।'

उनले आफ्नो लागि माइलस्टोन भएको बताए।  

फिल्म 'प्रसाद'मा भने उनी दलित युवाको भुमिकामा देखिँदैछन्। साथै फिल्ममा उनी नि:सन्तान पुरुष पनि हुन्। 

'थिएटरमा पनि दलितको भुमिकामा देखिएँ। धेरै कुरा सिकें। 'प्रसाद'सहित म चौथोपटक दलित भुमिकामा देखिदैछु,' उनले भने 'यस्तो विषयमा अझै काम गर्न जरुरी छ जस्तो लाग्छ।'

यो वर्ष उनी अभिनित तीन फिल्म प्रदर्शनमा आउँदैछ। 'प्रसाद', 'गोपी' र 'जात्रै जात्रा'। उनले 'गोपी' आफू परिबन्धमा परेर गरे पनि आफ्नो चरित्रमा मिहेनत गरेको सुनाए। भने,'फिल्मको कलाकार खगेन्द्रले छोडेपछि मैलै गर्नपर्ने भयो। गरेपछि आफ्नोतर्फबाट सत् प्रतिशत् दिएको छु।' 

'प्रसाद'मा उनीसँगै निश्चल बस्नेत र नम्रता श्रेष्ठ देखिँदैछन्। फिल्म आगामी मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँनेछ। 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell