PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्डले लिए आफूले अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिको जानकारी



पहिलोपोस्ट

प्रचण्डले लिए आफूले अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिको जानकारी

चितवनः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन्।

अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरू अरुण माझी र पत्रुश मुसहरको पढाइबारे जानकारी लिएका हुन्।

बालबालिका अध्ययनरत साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका क्रममा प्रचण्डले उनीहरूको शैक्षिक प्रगतिबारे जानकारी लिएका हुन्। गत वर्षको विद्यालय भर्ना अभियानका क्रममा प्रचण्डले माझी र मुसहरको अभिभावकत्व ग्रहण गरेका थिए।

कार्यक्रममा प्रचण्डले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि २० लाख रुपैयाँ छुट्ट्याइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell