PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

टी-१० लिगमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट, बने म्यान अफ दि म्याच



पहिलोपोस्ट

टी-१० लिगमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट, बने म्यान अफ दि म्याच
विकेट लिएपछि सन्दीप (बीच) लाई बधाई दिँदै केराको कप्तान इयान मोर्गन, क्रिस गेल लगायत खेलाडी

काठमाडौँ : युएईमा बुधवारदेखि सुरु भएको टी-१० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। सन्दीपले पहिलो खेलमै ३ विकेट लिँदा साविक विजेता केरला किंग्सले विजयी सुरुवात गरेको छ।

१८ वर्षीय सन्दीपले आफ्नो दुई ओभर स्पेलमा ३ विकेट लिए। केरालाले विपक्षी पाख्तुनको ५ विकेट झार्दा ३ विकेट सन्दीपकै नामम रह्यो भने बाँकी २ रनआउट थियो। सन्दीपले १२ बल बलिङ गर्दा १७ रन दिए।


पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिए। यस्तै आफ्नो दोस्रो ओभरमा १ विकेट लिए। उनले पाख्तुनका लागि सर्वाधिक ३२ रन बनाएका आन्द्रे फ्लेचर, कोलिन इनग्राम (१) र मुहमद कलिम (०) लाई आउट गरे।

सन्दीपको उत्कृष्ट बलिङपछि पाख्तुनले पहिले ब्याटिङ गर्दै १० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो। जवाफमा कप्तान इयान मोर्गनले उत्कृष्ट ब्याटिङ गरेपछि केरलाले १३ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

मोर्गनले नटआउट ४६ रन बनाए। उनले २० बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे। पउल स्ट्रलिङले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४० रन जोडे। क्रिस गेलल ७ बलमा १३ रन बनाए।

गत वर्ष दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलिसकेका छन्। उनले वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडामा ग्लोबल टी-२० क्यानडा, अफगानिस्तानको अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

यस्तै अष्ट्रेलियन बिग बास लिग बीबीएल मा मेलवर्न स्टार्स र बंगलादेश प्रिमियर लिग बीपीएलमा सिलेट सिक्सर्सका लागि छनोट भइसकेका छन्। यस्तै पाकिस्तान सुपर लिग पीएलमा पनि सन्दीप छनोट भइसकेका छन्। उनलाई ए बी डेभिलियर्स रहेको लाहोर कलन्दर्सले लिएको हो।

यसैगरी २०१९ को आइपीएलका लागि दिल्लीले सन्दीपलाई टिममा रिटेन गरेको छ। गत सिजन उनी ३२ लाख रुपैयाँमा दिल्लीमा अनुबन्ध भएका थिए। यस पटक उनको पारिश्रमिक बारे नखुलाइएपनि त्यो भन्ने बढ्न सक्नेछ।

सन्दीपको अर्को फड्को : युएईमा हुने टी १० लिगका लागि छनोट, मोर्गन र गेलसँगै खेल्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell