PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ ट्रेलर रिलिज, प्रियंका चोपडा निर्माता



पहिलोपोस्ट

नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ ट्रेलर रिलिज, प्रियंका चोपडा निर्माता

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म 'पाहुना'को ट्रेलर सार्वजनिक भयो। नेपाली भाषामा बनेको सिक्किमी फिल्मको ट्रेलरमा द्वन्द्वका कारण परिवारबाट छुटिएका बालबालिकाको अवस्था देखाइएको छ।

ट्रेलरले बाल मनोविज्ञानमा राजनीतिक र धार्मिक प्रभावको कथामाथि फिल्म बनेको हिंट दिन्छ।

प्रमुख भूमिकामा इशिखा गुरुङ, अनमोल लिम्बु,  मन्जु केसी देखिएका छन्। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि अभिनय रहेको छ।  

फिल्मका लागि गीतकार पवनकुमार चाम्लिङ हुन्। उनी सिक्किमका पाँचौं मुख्य मन्त्री हुन्। उनी नेपाली साहित्यमा पवन चाम्लिङ किरणका नामले चिनिन्छन्। उनलाई नेपाली साहित्य लेखनका लागि सिक्किम साहित्य परिषद्ले सन् २०१० मा भानु पुरस्काबाट सम्मानित गरेको थियो। उनीसँगै पियुष नेपाल, प्रयास नेपाल र विश्वास तिम्सिनाको पनि लिरिक्स छन्।

पर्पल पेबलको ब्यानरमा बनेको फिल्म 'पाहुना'लाई पाखी ए टायरवालाले निर्देशन गरेकी हुन्। फिल्मको छायांकन सिक्किममै भएको हो।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell