PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ने क पाको सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकको टुंगो लगाउने



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकको टुंगो लगाउने

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। बैठक अपराहन्न ४ बजेका लागि बोलाइएको छ।

पार्टीभित्र सरकारको आलोचना भइरहेको तथा नेता कार्यकर्ताहरुले जिम्मेवारी नपाएको लगायतका असन्तुष्टि राखिरहेका बेला बैठक डाकिएको हो।

यसअघि प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना नहुँदै सचिवालय बैठक बसेको थियो। कात्तिक ८ गते सम्पन्न सचिवालयको बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी र प्रदेश कमिटी सदस्यको टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित दुई सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको थियो।

आज बस्ने सचिवालय समितिको बैठकमा कार्यदलले आफ्नो प्रगति विवरण बुझाउने छ।

आजको बैठकले स्थायी कमिटीको बैठकको मिति र एजेण्डासमेत तय गर्ने बताइएको छ। तीन महिनामा बस्नुपर्ने स्थायी कमिटीको बैठक चार महिना वितिसक्दासमेत बस्न सकेको छैन।

कात्तिक १२ गते बोलाइएको स्थायी कमिटी बैठक अध्यक्ष ओली बिरामी भएसँगै स्थगित गरिएको थियो।

त्यस्तै सचिवालय बैठकमा सांगठनिक विवादको विषयमा समेत छलफल हुने बताइएको छ। जेठमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको ने क पाको हालसम्म स्थानीय स्तरमा कमिटी एकीकरण हुन सकेका छैनन् भने जनवर्गीय संगठनको एकीकरणसमेत भएको छैन।

बुधबार मात्रै २१ केन्द्रीय सदस्यहरूले जिम्मेवारी नपाएको भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै दुबै अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए।

त्यस्तै सरकारको काम कारबाहीको समीक्षा गर्नसमेत माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell