PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बुद्धिसागरको शब्दमा 'गोपी'को गीत सार्वजनिक



पहिलोपोस्ट

बुद्धिसागरको शब्दमा 'गोपी'को गीत सार्वजनिक

काठमाडौं : फिल्म 'गोपी' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको पहिलो गीत सार्वजनिक गरेको छ। साहित्यकार बुद्धिसागरको शब्दमा टिमले 'लक्ष्मी कहिले काली' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

भजन शैलीको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत र अंकित खड्का फिचर्ड छन्। अर्जुन पोखरेलको संगीत रहेको गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका हुन्। दीपेन्द्र लामा निर्देशित फिल्म माघ १८ गते प्रदर्शनमा आउँदैछ।

निर्देशक लामाले फिल्मका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेको बताए। गीतको भिडियोमा गोविन्द राईको कोरियोग्राफी छ। फिल्ममा शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको छ। फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाललगायतको अभिनय छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell