PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदीप र जसिताले सकाए 'लभ स्टेशन'को छायाँकन



पहिलोपोस्ट

प्रदीप र जसिताले सकाए 'लभ स्टेशन'को छायाँकन

काठमाडौं : फिल्म 'लिलिबिलि'बाट स्क्रिन जोडीमा दर्शकले रुचाएका कलाकार हुन् प्रदीप खड्का र जसिता गुरुङ। उनीहरुले अर्को दोश्रो फिल्म 'लभ स्टेशन' पनि एकसाथ गरेका छन्। फिल्मको हालै छायाँकन सकियो। ललितपुरको गोदावरी रिसोर्टमा फिल्मको ‘इन्ड क्लाप’ सम्पन्न भएको हो।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ। प्रेमकथामा आधारित फिल्मको छायाँकन दार्जलिङ, फिक्कल, इलाममा भएको हो।

फिल्ममा प्रदीप र जसितासँगै  रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ। काफिया फिल्मस्को ब्यानरमा बनेको फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell