PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ए डिभिजन लिग : च्यासलको पहिलो जित, एनआरटीको पोष्टमा ५ गोल



पहिलोपोस्ट

ए डिभिजन लिग : च्यासलको पहिलो जित, एनआरटीको पोष्टमा ५ गोल
च्यासल टिम, फोटो : गोलनेपाल डट कम

काठमाडौँ : च्यासल युथ क्लले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। सुरुको दुई चरणसम्म जितविहिन बनेको ललितपुरको च्याससले तेस्रो चरणको खेलमा बिहीवार न्यूरोड टिम एनआरटीलाई ५-१ ले हरायो।

सुरुको दुई खेलमा गोल समेत गर्न नसकेको च्याससले तेस्रो खेलमा भने गोलको वर्षा गर्‍यो।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासका अमिर श्रेष्ठ र विमल घर्ती मगरले दुई-दुई तथा सन्तोष साउखलले एक गोल गरे।

एनआरटीका लागि विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको अन्त्यतिर सान्त्वना गोल फर्काए।


अमिर श्रेष्ठले १४औँ र २८औँ मिनेटमा गोल गरदै च्यासललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा च्याससले तीन गोल थप्यो। विमलले ५७औँ र ८६औँ मिनेटमा गोल गरे। सन्तोषले ६३औँ मिनेटमा गोल गरे। एनआरटीका अग्बोलाले इन्जुरी टाइममा गोल फर्काएका थिए।

च्यासलले पहिलो खेलमा मछिन्द्र गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा आर्मीसँग १-० ले पराजित भएको थियो। 

पहिलो जितपछि च्यासलले तीन खेलबाट ४ अंक जोडेको छ। समान खेलबाट एक अंक मात्र रहेको एनआरटी अझै जितविहिन छ।

लिग अन्तर्गत आजै हुने 'हेभिवेट' भिडन्तमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ। 

दुवै क्लबले अहिलेसम्म शतप्रतिसत जित हात पारेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell