PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपालको लिग च्याम्पियनले पनि खेल्ने



पहिलोपोस्ट

एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपालको लिग च्याम्पियनले पनि खेल्ने

काठमाडौँ : सन् २०१९ मा हुने एएफसी कप २०१९ को ड्र सार्वजनिक भएको छ।  एएफसीले बिहीवार मलेसियाको क्वालालम्पुरमा ड्र सार्वजनिक गरेको हो।

एएफसी च्याम्पियन लिग पछिकको दोस्रो क्लब पुटबल प्रतियोगिताको रुपमा रहेको एएफसी कपमा एसियाका ३६ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा नेपालको क्लबले पनि खेल्ने छ। अहिले भइरहेको पल्सर सहिद स्मारक लिगको विजेताले एएफसी कप खेल्न पाउनेछ। 

सार्वजनिक ड्र अनुसार नेपालको लिग विजेता समूह इ मा पर्नेछ। यस समूहमा भारतको मिनेर्भा पञ्जाव रहेको छ भने बंगलादेशको लिगमा च्याम्पियन बन्ने क्लब पनि रहनेछ। यस्तै प्लेअफको विजेता पनि यस समूहमा पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell