PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रमोदलाई तानिन् उनैले



पहिलोपोस्ट

प्रमोदलाई तानिन् उनैले

काठमाडौं : स्टेज कार्यक्रममा व्यस्त रहने गायक प्रमोद पछिल्लो समय रियालिटी सो मै रमाउँछन्। उनी द भ्वाइसका निर्णायकमध्य एक हुन्।

उनले हालै सोका प्रतियोगिमध्य तेजेन्द्र गन्धर्वलाई निर्मला पन्त हत्याकाण्ड माथि एक गीत गाउन लगाएका थिए। उनको शब्द रचनामा बनेको गीतले नेपाली दर्शकको मन छोयो। उनले निर्मला हत्याकाण्डबारे उल्लेखित विभिन्न सामाग्रीको अनुसन्धान गरेर उक्त घट्नलाई गीतमा प्रस्तुत गरेका थिए।

उक्त गीतका कारण चर्चा कमाएका प्रमोदले अर्को नयाँ गीत दर्शक श्रोतामाझ लिएर आएका छन्। अहिले उनले 'तानिन् उनैले' बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। उनकै युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो।

मुकुन्द पौडेलको शब्द तथा केशब पौडेलको संगीत रहेको गीतमा कलाकार नम्रता सापकोटा र सुधिर खनाल फिचर्ड छन्। राजिव समरको कोरियोग्राफीमा बनेको गीतलाई शान थापाले निर्देशन गरेका हुन्। गीतमा अर्जुन तिवारीको सम्पादन छ।

यसअघि उनले 'पृथ्वी', 'तै मोरीको माया छ', 'दन्तैमा' सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell