PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नमच्चिने पिङको सय झड्का : उखाने शैलीमा सरकारको नौ महिने कार्यकाललाई कांग्रेसको व्यङ्ग्य



पहिलोपोस्ट

नमच्चिने पिङको सय झड्का : उखाने शैलीमा सरकारको नौ महिने कार्यकाललाई कांग्रेसको व्यङ्ग्य

काठमाडौँ : उखान टुक्काकै सहारा लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नौ महिने कार्यकालबारे टिप्पणी गरेको छ। 

कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको बताउँदै यो 
घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको बताए।

उनले जारी गरेको विज्ञप्तिमा यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल भएको जिकिर गरिएको छ। 

यस्ता छन् नौ प्रश्न 

(१) लोकतान्त्रिक संस्कृति : लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ।
(२) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ।
(३) संघियताः कम्युनिष्ट दर्शनले नहिँडेको बाटो, असफल तुल्याउने सुनिश्चित षड्यन्त्र ।
(४) सुशासनः नमच्चिने पिङको सय झड्का।
(५) बजारमूल्यः कम्युनिष्ट सरकार वन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज।
(६) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निवाचन क्षेत्रमा २ को हत्या।
(७) न्यायालयः साझा आस्थाको थलोमा राजनीतिक आस्थाको अतिक्रमण।
(८) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन बार्गेनिङ चिप्स, प्रगति शून्य !
(९) समृद्धि यात्राः बिना प्रतिस्पर्धा गेजुवालाई बूढीगण्डकी। निजगढ विमानस्थल कागजमै अलमल केरुङ-काठमाण्डौ-रक्सौल रेल चर्चा फाइलमा बन्द ।

मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको जिकिर गर्दै उनले २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह गरे।

विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मम प्रतिकूल भएको आरोप कांग्रेसको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही साता यता निरन्तर गिरावट आए पनि स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन सरकारले गर्न नसकेको आरोप उनले लगाए।

नेपाल वायुसेवा निगमले वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बनेकोमा गहिरो छानबिन गर्न माग कांग्रेसले गरेको छ। 

त्यसैगरी निर्मला पन्तका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको खोजि गरिरहेको प्रसंगमा प्रवक्ता शर्माले सोधे, सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो?

जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रीले गर्ने निश्चित भएको विषयले गम्भीर प्रश्न जन्माएको भन्दै कांग्रेसले थपेको छ- 'कुनै पनि परियोजनाको उद्घाटन राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागिय तहबाट हने परम्परा र मर्यादा उलंघन गर्न मिल्दैन। नेपाली काग्रेसको प्रष्ट विमतिका साथ आपत्ति प्रकट गर्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र सार्वजनिक जवाफको माग गर्दछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell