PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'पिरिममा' परे निश्चल बस्नेत र कर्मा



पहिलोपोस्ट

'पिरिममा' परे निश्चल बस्नेत र कर्मा

काठमाडौं : फिल्म 'गरुड पुराण'को हालै पोस्टर सार्वजनिक भयो। हालै निर्माण टिमले फिल्मको गीत पनि सार्वजनिक गर्‍यो। फिल्मको 'म त पिरिममा' बोलको गीतको भिडियोमा निश्चल बस्नेत कर्मा शाक्य र प्रियंका सिंह ठकुरी फिचर्ड छिन्।

दिनेश राउतको शब्द तथा कोसिस क्षेत्रीको संगीत रहेको गीतमा कोसिस र मनिषा पोखरेलको स्वर छ। गीतको भिडियोमा रेनाशा वान्तवा राईको कोरियोग्राफी छ। पारिवारिक प्रेमकथामा आधारित फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन्।  

फिल्ममा सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell