PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रपतिलाई सवारी खरिदबारे सरकारको प्रश्न, 'के राष्ट्रपतिले अब साइकल नै चढ्नु पर्ने हो त?'



विधुर ढकाल

राष्ट्रपतिलाई सवारी खरिदबारे सरकारको प्रश्न, 'के राष्ट्रपतिले अब साइकल नै चढ्नु पर्ने हो त?'
फाइल फोटो

काठमाडौं: सरकारले राष्ट्रपतिलाई दिन खोजिएको सुविधामा अनावश्यक विवादमा तानिएको भन्दै उक्त विषयको बचाउ गरेको छ।

आज सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सरकारको बचाउ गरेका हुन्।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले भने, 'राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो। के राष्ट्रपति अब साइकल नै चढ्नु पर्ने हो त? 

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्न लागेपछि यस विषयमा तीव्र आलोचना भएको थियो। 

यो विषय राष्ट्रपतिको सुरक्षाको विषयसमेत भएको तर्क गर्दै सञ्चारमन्त्रीले गणतन्त्रलाई कमजोर बनाउन यस्तो आलोचना भएको तर्क गरे। 'उहाँको सुरक्षा कसले गर्ने? राष्ट्रपति र उपराष्ट्रपतिले यो चाहियो उ चाहियो भनेर भन्नुभएको छैन। मौका यही हो भनेर लोकतान्त्रिक गणतन्त्रलाई नचाहनेले लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाउन नकारात्मक प्रचार गरे। यसलाई सरकारले नजिकबाट हेरिरहेको छ,' बास्कोटाले भने। 

उनले गाडी खरिदको विषय धेरै अगाडिको भएको उल्लेख गर्दै भने, 'गणतन्त्र स्थापनापछि राष्ट्रपति र उपराष्ट्रपतिको लागि गाडी खरिद भएको छैन। के उनीहरुलाई गाडी चाहिदैन? यो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संसदमै स्पस्ट पार्नुभएको थियो। '

त्यसैगरी प्रहरी प्रतिष्ठान कार्यालयको जग्गाबारेसमेत सञ्चारमन्त्रीले सरकारको बचाउ गरेका छन्। बास्कोटाले भने, 'प्रहरी प्रतिष्ठान कार्यालयको जग्गा सरकारको हो। चलाउन पाउँछ। प्रहरी प्रतिष्ठान नचाहिने होइन। थप ब्यवस्थित गर्न पनौतीमा ८०० रोपनी जग्गा छुट्याईएको छ।' 

त्यसैगरी उनले उपराष्टपति समाज कल्याणको भवनमा सार्ने निर्णयको समेत बचाउ गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell