PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महेश काफ्लेको 'नाच फिरिरि'लाई ३ महिनामा ३ करोड भ्यूज



पहिलोपोस्ट

महेश काफ्लेको 'नाच फिरिरि'लाई ३ महिनामा ३ करोड भ्यूज

काठमाडौं : दुई वर्षअघि गायक महेश काफ्ले गीत लेख्न बसे। गीतको बोल थियो 'नाच फिरिरि'। गीत बनेपछि उनले आसिफ शाह र असिम शाहलाई गीत सुनाए, म्युजिक भिडियो बनाउने योजनासहित। शाह दाजुभाइ राजी भए र सुरु भयो आवश्यक तयारी। गीत रेकर्ड भयो। आवश्यक कन्सेप्ट पनि तयार। भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड गर्ने निर्णय भयो। अनि बन्यो 'नाच फिरिरि'।

अहिले यो गीतलाई दर्शक/स्रोताले अत्याधिक रुचाएका छन्। शीर्षक अनुसार नै गीतले सबैलाई नचाएको छ। महेशको टिमले अहिलेसम्म छोटो समयमा सर्वाधिक भ्यूज कमाउने रेकर्ड राखेको (फिल्मको गीतमा बाहेक) गायक तथा संगीतकार महेश काफ्ले सुनाउँछन्। म्यूजिक भिडियोमा यो गीत अग्रस्थानमा रहेको दावी गरेको छ। गीतलाई अहिलेसम्म ३ करोड बढीले हेरिसकेका छन्।

महेशले गीत मार्फत फेरी चर्चा कमाएका छन्। १० वर्ष अघि उनले 'आमा रातो साडी चुरा पोते' बोलको गीतबाट बाल गायनमा सर्वाधिक चर्चा कमाएका थिए। उक्त गीत उनका बुवाले लेखिदिएका थिए। तर अहिले उनी आफैले कम्पोज गरेर नाच फिरिरि बनाएका छन्।  

'त्यतिखेरको चर्चाले भन्दा नाच फिरिरिले मलाई सन्तुष्टी मिलेको छ' उनले भने।

आसिफ र असिमले जिटुवानबाट गीत सार्वजनिक गरिदिएका थिए। 'खुशी लागिराछ। मैले इमान्दर प्रयास गरें,' महेशले भने 'टिम बलियो बन्यो। टिमले गर्दा आज गीतले सर्वाधिक भ्यूज पायो'। गीतको भिडियोमा पहिलोपटक निश्चल र स्वस्तिमा देखिए। गीतमा महेश काफ्लेलाई मेलिना राईले स्वरमा साथ दिएकी छिन्। पोखरामा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell