PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वानः १० दिनको समय, यसरी दिन सकिन्छ उजुरी



पहिलोपोस्ट

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वानः १० दिनको समय, यसरी दिन सकिन्छ उजुरी

काठमाडौँः संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सुनुवाइ प्रक्रिया सुरु गर्दै शुक्रबारदेखि मंसिर १७ गतेसम्म उजुरी दिन सक्ने जनाएको छ।

समितिले प्रस्तावित राजदूतहरु नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा. अञ्जना शाक्यविरुद्ध उजुरी आह्वान गरेको हो। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले आचार्यलाई भारत, पाण्डेलाई मलेसिया, ढकाललाई युएइ र शाक्यलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको थियो।

संवैधानिक प्रावधान अनुसार नियुक्ति पूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने गर्छ। मन्त्रिपरिषद् कार्यालयले मंसिर २ गते सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।

समितिको इमेल, टेलिफोन तथा जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरेको छ।

उजुरी प्राप्त भएपछि समितिले प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाउनेछ। समितिको दुई तिहाइले अस्वीकृत नगरेको अवस्थामा प्रस्तावित राजदूतहरूको नियुक्तिमा बाधा नपर्ने संवैधानिक व्यवस्था छ। समितिले प्रक्रिया सुरु भएको ४५ दिनभित्र कुनै निर्णय नलिएमा पनि नियुक्तिमा बाधा पर्ने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell