PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ए डिभिजन लिग : आज तीन खेल हुँदै, विभागीय भिडन्तमा पुलिस भर्सेस आर्मी



पहिलोपोस्ट

ए डिभिजन लिग : आज तीन खेल हुँदै, विभागीय भिडन्तमा पुलिस भर्सेस आर्मी

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा आज तेस्रो चरणका तीन खेल हुँदैछ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा दुई तथा हलचोकस्थित एपीएफको मैदानमा एक खेल हुनेछ।

एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीबीच खेल हुनेछ। राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेको आर्मीको कप्तानी भरत खवासले गर्दैछन्। गोलकिपर विकेश कुथु, नवयुग श्रेष्ठ, सुमन अर्याल जस्ता खेलाडी आर्मीको टिममा छ।

उता युवा खेलाडीहरु रहेको पुलिस क्लब सन्तुलित टोलीको रुपमा देखिएको छ। सुमन लामा, तेज तामाङ, अभिषेक रिजाल जस्ता खेलाडी पुलिसको टोलीमा छन्।

पुलिस रबर्मीले यसअघिका दुई खेलबाट समान ४ अंक जोडेका छन्। दुवैले एकमा जित र एक बराबरीको नतिजा हात पारेको थियो।

यसैगरी आज ११ बजे एन्फा कम्प्लेक्समा अर्को विभागीय टोली एपीएफले ब्रिगेड ब्वाइज क्लबसँग खेल्दैछ। दिउँसो २:३० बजे हलचोकमा हुने खेलमा संकटा र मछिन्द्र भिड्नेछन्।

संकटाले यसअघिका दुवै खेलमा जित हात पार्दै ६ अंक जोडेको छ। एपीएफले एक जित र एक बराबरीबाट ४ अंक जोडेको छ।

मछिन्द्रले यसअघिका दुवै खेल बराबरी खेलेको थियो भने ब्रिगेड अझै अंकविहिन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell