PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

किष्ट बैंक घोटाला प्रकरण, तत्कालीन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ



पहिलोपोस्ट

किष्ट बैंक घोटाला प्रकरण, तत्कालीन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ

काठमाडौँः तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन्। सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्।

बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार नियन्त्रणमा लिएको एसपी सुदीप गिरीले जानकारी दिए। एसपी गिरीले भने, 'बैंकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएका हौँ। आज अदालतमा उपस्थित गराएर थप अनुसन्धान सुरु गर्छौँ।'

व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो। ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो। ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो।  

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell